Monday, March 13, 2017

किन सम्झिदैनौ ?










वर्षा हुँदा यता कति सम्झिराख्छु
हो रातको प्रणवतासँग सम्झिराख्छु
पर्दैन रात कि त्यता किन सम्झिदैनौ ?
बर्सिन्न मेघ कि त्यता किन सम्झिदैनौ ?
।।१।।

ताराहरू चहकिँदा सम्झिराख्छु
हो फूल फुल्दछ यता सम्झिराख्छु
फुल्दैन फूल कि त्यता किन सम्झिदैनौ ?
देखिन्न जून कि त्यता किन सम्झिदैनौ ?

।।२।।

चीसो छुँदा पवनले सम्झिराख्छु
पन्छी उडे गगनमा सम्झिराख्छु
हुन्नन् चरा कि त्यता किन सम्झिदैनौ ?
हुन्नन् कि रूख लहरा किन सम्झिदैनौ ?

।।३।।

धड्किन्छ है मुटु यता सम्झिराख्छु
पग्लेर आँशुसँगमा सम्झिराख्छु
झर्दैन आँशु कि त्यता किन सम्झिदैनौ ?
धड्किन्न के मुटु त्यता किन सम्झिदैनौ ?

।।४।।

No comments:

Post a Comment